कस्ताे छ देशभरकाे माैसम ?

काठमाडाैं ।  नेपालमा हाल  पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अागामी तीन दिनसम्म  देशभर  आंशिक बदली  रहने भएकाे छ ।

मंगलबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ।

देशका थोरै स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिदेखि भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ। देशका थोरै स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका  थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहीबार देशभर आंशिक बदली देखि सामान्यतया सफा  रहने छ। पहाडी भू-भागका एक वा दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया