पाल्पाकी सीता सार्कीले जन्माइन एकै पटक चार छोरी

तानसेन । पाल्पाकी महिलाले एकै पटक चार छोरी जन्माएकी छिन् ।

पाल्पाको माथागढी गाउँपालिका वडा नं.१ की २४ वर्षीया सीता सार्कीले चम्ल्याहा छोरी जन्माएकी हुन् ।

मंगलबार दिउँशो रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा चम्ल्याहा सन्तानलाई जन्म दिएको परिवार स्रोतले जनाएको छ ।

तानसेनको युनाइटेड अस्पतालमा स्वास्थ्य परीक्षण पश्चात थप उपचारका लागि कात्तिक ६ गते अस्पताल भर्ना भएकी थिइन् । उपचारका क्रममा सामान्य गर्भवती हुन नसकेपछि उनको शल्यक्रिया गरि बच्चा निकालिएको अस्पतालले जनाएको छ ।

अहिले आमा र शिशुको अवस्था सामान्य रहे पनि चार बटै शिशुको तौल कम रहेको हुँदा थप उपचार भइरहेको अस्पतालले जनाएको छ ।

नवजात शिशुको तौल दुई किलो पाँच सय ग्राम सामान्य मानिने भए पनि सीताका चार वटै शिशुको तौल एक किलोभन्दा बढी रहेको चिकित्सकहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया