
तानसेन । पश्चिम पाल्पामा शनिबार दिनभर विद्युत कटौती हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले बुस कटिङ्ग र लाईन पेट्रोलिङ्ग गर्नका लागि विद्युत सेवा अवरुद्ध गराउने जनाएको छ । केन्द्रले पश्चिम फिडरको ११ केभि लाइन अन्तरगत बतासे सबस्टेशनदेखि पश्चिम जाने लाइनमा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म बन्द गर्ने सूचना मार्फत जनाएको छ ।
केन्द्रले लामो झरीका कारण बढेका रुखका हाँगाबिगा कटान तथा तारहरुमा देखिएको समस्या समाधानका लागि शनिबारको दिन पारेर विद्युत अवरुद्ध गरेर काम गर्न लागेको जनाएको छ ।
अन्य दिनमा भन्दा बिदाको दिनमा विद्दुत कटौती गर्दा उपभोक्तालाई कम असर पर्ने हुनाले पनि यो कार्यलाई शनिबार पारिएको कार्यालयले जनाएको छ ।