कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

काठमाडाैं।कर्णालीबासीलाई विशेष सम्बोन्धन गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामाको घोषणा गरेका छन् ।

नेपाली काँग्रेससँग सत्ता हस्तान्तरण गर्ने सहमति अनुसार मुख्यमन्त्री शाहीले मुख्यमन्त्री कार्यालयमा विशेष सम्बोन्धन पछि राजीनामाको घोषणा गरेका हुन् ।

उनले नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई सरकार निर्माणमा सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

शाही  २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका थिए । शाहीले करिब साढे ३ वर्षपछि राजीनामा दिएका हुन् ।

तपाईको प्रतिक्रिया