
तानसेन। पाल्पामा बरको रूख ढलेर लाग्दा एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नं.१४ अर्गलीका ५० वर्षीय लक्षमणप्रसाद पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
पाण्डेको बिहीवार बिहान तानसेन नगरपालिका वडा नं. १३ छेर्लुङस्थित आफन्तकोमा जाँदै गर्दा उनलाई कालीगण्डकी कोरिडोर नजिकै रहेको कुरुङ खोला तर्ने क्रममा एक्कासी माथिबाट बरको रूख ढलेर लागेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
करिब २० मिटर तल खोलामा बासको झ्याङमा अड्किएको अवस्थामा बिहान सवा ९ बजे तिर पाण्डेको शव फेला परेको सूचना अधिकारी त्वातीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।