तानसेन। पाल्पामा शुक्रबार बिहान एक वृद्धको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नं. १० का ७१ वर्षीय उदय सारु रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले दिएको जनाकारी अनुसार शुक्रबार बिहान करिब ५ बजे सारुको मृत्यु भएको हो ।

सारुको घर नजिकै नयाँपाटीमा गोरेटो बाटोदेखि लडी अन्दाजी १५ फिट तल खसेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । सारु खोल्सामा खसेर मृत्यु भएपछि उनकै ज्वाई पुरन रानाले प्रहरी चौकी प्रभासमा जानकारी गराएको पनि प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।

तपाईको प्रतिक्रिया