तानसेन।सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल सडक खण्ड १५ दिनसम्म बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाले दोभान प्रहरी चौकी आसपासमा सडक चौडा गर्नका लागि कार्तिक २२ गतेदेखि मंसिर ६ गतेसम्म रातको समयमा सडक पूर्ण रुपमा बन्द गर्ने जनाएको छ ।

दिउँसोको समयमा हुने सवारी चापलाई मध्यनजर गरी रातको समयमा काम गर्न लागिएको सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिए । उक्त सडक खण्डमा हरेक दिन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सुरक्षा र एम्बुलेन्स बाहेकका सबै सवारी रोकेर काम गर्न लागिएको डिभिजन प्रमुख लम्सालले बताए ।

सडक चौडा तथा मर्मतको काम बन्दर, भगवती महेश सत्यवती जेभीले गर्ने पनि सडक डिभिजन पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया