तानसेन। नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटव्यूरो सदस्य सोमप्रसाद पाण्डेले कार्तिक १ गतेदेखिको तलब भत्ता सामाजिक कार्यमा खर्च गर्ने भएका छन् ।

पाल्पा क्षेत्र नं.२ का सांसद रहेका पाण्डेले संसद पुर्नस्थापन भएपछि आफूले पाउने तलब र भत्ताको रकम आफ्नो क्षेत्रको सामजिक कार्यमा लगाउने जनाएका छन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक भंग गरेको प्रतिनिधि सभा पुनस्थापन भएको र हाल आफू नयाँ पार्टीमा रहेको हुँदा नयाँ पार्टीमा आवद्धता भएदेखिको तलबभत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई परेको समस्या समाधान तथा सामाजिक कार्यमा खर्च गर्ने पाण्डले बताए ।

पूर्व उद्योगमन्त्री समेत रहेका पाण्डेले पारिश्रमिक स्वास्थ्य, शिक्षा, पूर्वाधार, विकास निर्माण तथा गरीब, अशक्त, असाह्यहरुका पक्षमा खर्च गर्ने जनाएका हुन् ।

उनले मासिक पाउने पारिश्रमिक, बैठक भत्ताका अलवा टेलिफोन खर्च, चियाँपान खर्च तथा घरभाडा बापत आउने रकमसमेत सामाजिक कार्यमै लगाउने उनले जनाएका छन् ।

तपाईको प्रतिक्रिया