
तानसेन। नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओबादीले गरेको बन्दका कारण पाल्पा सदरमुकामसहित जिल्लाभर नै सबै खाले गतिविधि बन्द भएको छ ।
विप्लव समूले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको बिरोधमा आव्हान गरिएको बन्दमा तानसेनसहित रामपुर आर्यभञ्यांग, छहरालगायतका बजारहरु समेत सुनशान भएका छन् ।
बिहानैदेखि लामो तथा छोटो दूरीका सार्वजनिक सवारी संचालन हुन सकेका छैनन भने निजी सवारी समेत संचालन नभएको प्रहरीले जनाएको छ । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धी विरुद्धमा बन्द भएका कारण पनि विधालयसहित, सबैखाले पसल व्यावसाय पूर्ण रुपमा बन्द भएको हो ।
बन्दकर्ताले अत्यावश्यक सेवाका सवारी संचालनमा भने रोक नलगाउने जनाएका छन् । पाल्पामा अहिले शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन भएपनि अहिलेसम्म कुनै सवारी तोडफोड भने नभएको प्रहरीले जनाएको छ ।
आजको नेपाल बन्द बिहान ६ बजेदेखी सुरु भएर बेलुका ५ बजेसम्म जारी रहने जनाइएको छ ।