दोभान । राष्टिय स्वयंसेवक नेपाल नामक संस्थाले तिनाउ गाउँपालिका स्वास्थ्य शाखालाई दुईवटा अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको छ ।
अक्सिजन उत्पादनमा सहजताका लागि मेसिन उपलब्ध गरिएको उक्त संस्थाले जनाएकाे छ ।
संस्थाको अध्यक्ष अनिस न्यौपानेले कन्सन्ट्रेटर मेसिन प्रदान पछि बिरामीलाई अक्सिजन प्राप्तिमा सुविधा हुने बताए ।
सहयाेग सामग्री पाएपछि गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले स्वास्थ्य चौकीहरु आउने विरामीलाई अक्सिजनको थप सेवा लिन पाउने बताए । स्थानीय तहले स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न काम गर्दै आएको र जसका लागि अन्य संस्थाकाे सहयाेग महत्वपूर्ण रहेकाे अध्यक्ष घर्तीले बताए ।