नेपाली काँग्रेस पाल्पा सभापतिमा श्रेष्ठ विजयी

तानसेन ।नेपाली काँग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी भएका छन् ।

कुल खसेको मत एक हजार ३१३ मध्ये आठ सय ९० मत प्राप्त गर्दै श्रेष्ठ विजयी भएका हुन्। उनीसंगै प्रतिस्पर्धामा रहेका कृष्ण बस्यालले भने तीनसय ८१ मत ल्याएर उप विजेता भएको काँग्रेस पाल्पाले जनाएको छ ।

यस्तै काँग्रेस पाल्पाको उपसभापतिमा सात सय ५४ मत प्राप्त गर्दै झपेन्द्र गहिरे र सात सय ७३ मत प्राप्त गरेर ज्ञानबहादुर गाहा विजयी भएका छन् । यस्तै सचिवमा आठ सय ७ मत प्राप्त गर्दै सन्तोष थापा महिलामा सात सय ८५ मतसहित सुनिता अधिकारी विजयी भएको काँग्रेस पाल्पाले जनाएको छ ।यस्तै सहसचिवमा सात सय ४३ मतसिहत विष्णु कुमार थापा तथा  छ सय ४१ मतसिहत हुदिम मिया विजयी भएका छन् ।

शनिबार भएको मतदानको मत गणना आईतबार बिहान सकिएको हो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer