
पाल्पा । नेकपा माओवादी केन्द्र रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नारायण बहादुर कार्की निर्वाचित भएका छन् ।
शनिबार रिब्दीकोट गाउँपालिकाको हार्थोकमा सम्पन्न सम्मेलनले कार्की अध्यक्षमा निर्विरोध चुनिएको हो ।
सम्मेलनले उपाध्यक्ष मिरा राना, हरि कुँवर, विजय श्रेष्ठ, सचिवमा नारायण लामटाङ्गे, सहसचिवमा नवराज ज्ञवाली,कोषाध्यक्षमा विधान कार्की रहेका छन् ।
निर्वाचन समितिका संयोजक नारायण बहादुर कुँवरका अनुसार रिब्दीकोट गाउँपालिमा नेकपा माओवादी केन्द्र सम्मेलन भव्य रुपमा सम्पन्न भएको बताए । नवनिर्वाचित अध्यक्ष कार्कीले नेकपा माओवादी पार्टी जनताको आधारभूत समस्या समधान गर्न सधै लडिरहने बताए ।
माओवादी केन्द्र रिब्दीकोटमा ४७ सदस्य कायसमिति विस्तार गरेको छ । यस अघि रिब्दीकोट गाउँपालिका भित्र नेकपा माओवादी केन्द्रले वडा कमिटि समेत गठन गरिसकेको छ । पछिल्ला महिना रिब्दीकोट गाउँपालिका क्षेत्र भित्र माओवादीले गतिविधिलाई बढाएको छ ।