दमकडामा ट्याक्टर दुर्घटना: चालकको मृत्यु सहचालक घाइते

तानसेन। तानसेन नगरपालिका वडा नं.९ दमकडामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार शनिबार बिहान तानसेन नगरपालिका– ९ दमकडामा लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक ४१ वर्षीय दिपक ढकालको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा घाइते भएका सह चालक बगनासकाली २ का हिरा कुमालको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तानसेन नगरपालिका– ९ को देउरालीबदेखि दाउरा बोकेर दमकडातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना भएके प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया