
काठमाडाैं।राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २ सय मतले हराउँदै लिङ्देन विजयी भएका हुन्।
लिङदेनले १८१७ मत ल्याउँदा कमल थापाले १६ सय १७ मत प्राप्त गरेका छन् । लिङदेन राप्रपाबाट निर्वाचित एक मात्र प्रतिनिधिसभा सदस्य हन् ।
मतगणनामा ४३१ मत बदर भएको छ । राप्रपाको नयाँ नेतृत्व चयनका लागि हिजो मतदान भएको थियो ।