१७ परिवारलाई कृषि औजार हस्तान्तरण

पाल्पा।  पाल्पाको तानसेन नगरपालिका–५, भेडीचौरका किसानलाई व्यावसायिक बनाउन कृषि औजार वितरण गरिएको छ । किसानलाई व्यावसायिक तरकारी उत्पादनमा वृद्धि गर्नका निम्ति तानसेन नगरपालिका, युनडीपी र ग्रामीण आर्थिक विकास संघ, पाल्पाले १७ परिवारलाई कृषि औजार हस्तान्तरण गरिएको हो ।

इल्लेक्ट्रिक स्प्रेयर १७ थान, सिडलिङग ट्रास्न्सप्लानर १७ थान, रेक १७ थान, पहेलो चप्किने पासो १७० थाान, केराउको बीउ ८ किलो, मल्विङ्ग प्लास्ट्रिक ९ थान, टनेल प्लास्ट्रिक चार बोरा वितरण गरिएको ग्रामीण आर्थिक विकास संघका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले बताए । कृषि उत्पादनका क्षेत्रमा छिटो र सजिलो काम गर्न उद्देश्यका साथ कृषि औजारहरु वितरण गरिएको उहाँले बताए ।

तरकारी उत्पादन गर्दा प्लास्ट्रिक विछाउदा झार नहुने र मलको बचत हुनेछ । आधुनिक कृषि औजार हस्तान्तरण गर्दै तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले नगरभित्र खेती योग्य जमिन रहेका क्षेत्र कृषि उत्पादन वृद्धि गर्न कृषि औजार, बीउ लगायत क्षेत्रमा सहयोग गरिएको बताए ।

उनले आवश्यकताको आधारमा कृषि तथा पशुपालन क्षेत्रमा नगरापालिकाले सहयोग गर्दै आएको बताए ।  कार्यक्रममा वडाध्यक्ष रामबहादुर रावलले व्यावसायिक तरकारी खेती गर्न कृषि औजारले कामलाई सहजता ल्याउने बताए ।

कार्यक्रममा कृषि विज्ञ थमन कार्की, कार्यक्रम संयोजक शोभना जीसी, वडा सदस्य लक्ष्मी रावल, किसान लक्ष्मी खडक लगायतले व्यावसायिक रुपमा तरकारी खेतबिाट स्वरोजगार र रोजगारीका अवसर सिर्जना भएको बताए ।

तपाईको प्रतिक्रिया