राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा सन्दिप लामिछाने

काठमाडाैं। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेकाे छ । यसअघि  ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरिलाई पदमुक्त गरेपछि लामिछानेलाई नियुक्त गरेकाे हाे ।

अनुशासन उल्लंघन गरेको आरोपमा क्यानले मल्ल र ऐरिसहित सोमपाल कामी र कमल सिंह ऐरिलाई पनि कारबाही स्वरुप वर्खास्त गरेको हो ।

क्यानले विज्ञप्ति जारी गर्दै  छानबिन समितिकाे सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लंघनमा कारबाही गरिएको उल्लेख छ ।

उनीहरुलाई २०२२ को सेन्ट्रल कन्ट्र्याक्टमा ६ महिनाको लागि सहभागी नगराउने निर्णय पनि क्यानले गरेको छ । बुधबार बसेको क्यानको बोर्ड बैठकले उक्त निर्णय लिएको हो ।

तपाईको प्रतिक्रिया