तानसेन । तानसेन-रिडी-तम्घास सडक खण्ड मर्मतका लागि पुनः बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाले आजदेखि पुषको २२ गतेसम्म सडक मर्मत तथा चट्टान काट्नका लागि सवारी आवागमन बन्द गरेको हो ।

उक्त सडक खण्डको जोर्ते क्षेत्रमा सडक विस्तारका लागि हरेक दिन बिहान ९ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म पूर्ण रुपमा सावारी आवागमन बन्द गरेर काम गरिने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले जानकारी दिए ।

यसअघि १५ दिनसम्म सवारी रोकेर काम गर्दा पहाड कटान गर्दाको माटो र ढुङ्गा सडकमा राख्नुपर्ने भएको र थप कार्य गर्नुपर्ने भएकोले दश दिनका लागि सडक बन्द गरी काम गर्न थालिएको प्रमुख लम्सालले बताए ।

हार्थोक–रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकका कारण दुर्घटनाको जोखिम रहेको हुँदा सडक विस्तारको कार्य गरिएको सडक डिभिजन पाल्पाले जनाएको छ ।

सडक बन्दको समयमा वैकल्पिक सडकका रुपमा जोते,लुहुङ्ग बतासेको सडक प्रगग सकिने भएपछि सो सडक साघँुरो र कच्ची रहेको हुँदा दुर्घटनाको जोखिम र धुलोको सास्ती खेप्नु परेको गुनासो यात्रु र सवारी चालकहरुको छ ।

तपाईको प्रतिक्रिया