तानसेन। आज अन्राष्ट्रिय टोपी दिवस तथा नेपाली पोसाक दिवस देशभर मनाइएको छ । खासगरी टोपी र ढाका टोपी भन्ने वित्तिकै पाल्पाली ढाका टोपीलाई मानिने हुँदा पाल्पामा आजको दिनलाई विशेष दिन पनि मानिने गरिन्छ ।

टाेपी दिवसका अवसरमा पाल्पाली ढाका टोपीको महत्वमा समेत वृद्धि भएको पाइन्छ । पाल्पामा नेपालमै पहिलो पटक हातले बुनेर ढाका टोपीसहितका अन्य ढाकाका सामग्री उत्पादन सुरु भएको हुँदा पनि पाल्पाली ढाकाको अन्तराष्ट्रिय स्तरससम्म माग र महत्व बढेको ढाका व्यावासायी सितम भण्डारीले बताइन् ।

अग्रेजी नयाँ वर्ष र टोपी दिवस एकैसाथ पर्ने हुँदा पनि नयाँ वर्ष मनाउन पाल्पाली ढाका टोपीको प्रयोग गर्नेहरुमो संख्यामा वृद्धि हुँदा व्यापारमा पनि वृद्धि भएको ढाका व्यपारीहरुको भनाई छ ।

विगतका वर्षहरुमा कोरोना महामारीले व्यापारमा केही कमी आए पनि पछिल्लो समय भने संक्रमणमा केही कमी आएसंगै अन्य व्यापार संगै पाल्पाली ढाका टोपीको व्यापारमा वृद्धि भएको व्यापरीहरु बताउछन्।

पाल्पाली ढाका टोपी शिरमा लगाउनाले राष्ट्रियता झल्किने हुँदा यसको महत्व थपिएको ढाका उद्यमीको भनाई छ ।

भारतबाट ढाका बुन्ने सीप सिकेर पाल्पामा वि.स. २०१५ सालदेखि नेपालमै पहिलो पटक तानबाट बुनेर पाल्पाली ढाकाको उत्पादन सुरु भएको हो । ।

तपाईको प्रतिक्रिया