तानसेनका पाँचसहित थप ६ जनामा कोरोना पुष्टि,सक्रिय संक्रमितको संख्या २९!

तानसेन। पाल्पामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई जना पुरुष तथा ४ जना महिला गरी थप ६ नागरिकमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित थपिनेमा तानसेनका चार महिला तथा एक जना पुरुष तथा माथागढी गाउँपालिकाका एक जना पुरुष रहेका छन् । थपिएका संक्रमितसंगै पाल्पामा हाल २९ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

सक्रिय संक्रमितमध्ये दुई एक जना संस्थागत आइसोलेशन, एकजना अस्पतालको आइसोलेशन तथा २७ जना होम आइसोलेशनमा रहेको स्वास्थय कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया