रामपुरमा आज सार्वजनिक बिदा

तानसेन। पाल्पाको रामपुर नगरपालिकाले राष्ट्रिय एकता दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

नगर पालिकाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बिदा दिने निर्णय गरेको जनाएको छ ।

नेपाल राष्ट्रको एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै रामपुर नगरभित्रका सरकारी कार्यालयहरु तथा संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको रामपुर नगरपालिकाका प्रमुख रमन बहादुर थापाले बताए ।

नगरपालिकाले सबै सरकारी कार्यालय संघ संस्थाहरुमा बिदा दिने निर्णय भएको नगरप्रमुख थापाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया