काठमाडाैं।जिल्ला प्रशासन कार्यालय पर्साले मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना गर्ने भएको छ । नागरिकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणलाई रोक्नका लागि पनि सबैले स्वास्थ्य सावधानी अपनाउन साे नियम लगाइएकाे हाे ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले आजदेखि मास्क नलगाउनेलाई जरिवाना गर्ने बताए ।

जिल्ला प्रशासन कार्यालय पर्साले सामुदायिक प्रहरी सेवा केन्द्रहरुसँगको सहकार्यमा आयोजना गरेको सचेतनामुलक कार्यक्रम अन्तर्गत हिजो लगभग ५ हजार जनालाई मास्क वितरण गरिएको छ ।

वीरगञ्जको घण्टाघरदेखि शंकराचार्य गेटसम्म लगभग ५ हजार जनालाई निःशुल्क रुपमा मास्क वितरण गर्नुका साथै मास्क नलगाउँदा हुनसक्ने हानीको बारेमा समेत सचेतना फैलाइएको छ ।

नागरिकमा लापरवाही गर्ने परिपाटीको विकास भएसँगै यसले जोखिम बढ्ने अवस्थालाई मध्यनजर गर्दै मास्क
बाँड्न र मास्क सम्बन्धी जनचेतना जगाउन सरोकारवाला सडकमा ओर्लिएका हुन् ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणलाई रोक्नका लागि पनि सबैले स्वास्थ्य सावधानी
अपनाउनुको विकल्प नभएको जिल्ला प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया