स्वास्थ्य चौकीहरुका लागि न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखिकरण सम्पन्न

तानसेन। स्वास्थ्य कार्यालय पाल्पाले स्वास्थ्य चौकीहरुको लागि न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

तानसेनमा भएको कार्यक्रममा जिल्लाका दशैं स्थानीय तहका स्वास्थय शाखा प्रमुख तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालयको तर्फबाट क्षय कुष्ट अधिकृत विश्वनाथ न्यौपानेले कार्यक्रको उद्देश्यमाथि प्रकाश पार्दै न्यूनतम मापदण्ड सेवाको महत्व र सेवालाई प्रभावकारी बनाउन गर्नुपर्ने गृह कार्यका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

यस्तै कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका जनस्वास्थ्य निरीक्षक कृष्ण प्रसाद पोखरेलले सबै स्वास्थय चौकीका लागि न्यूनतम सेवा मापदण्डको कार्यविधि अनुसार काम गर्न तथा सेवालाई गुणस्तरीय बनाउन ध्यान दिनुपर्ने विषयमा जानकारी दिए ।

अहिले जिल्लाका सबैजसो स्वास्थ्य चौकीमा सेवा प्रभावकारी बनाउने कार्य भए पनि केही स्थानहरुमा न्यूनतम सेवा मापदण्ड पुरा नभएको हुँदा सोका लागि कार्ययोजना बनाएर काम गर्ने तथा स्वास्थय कार्यालयसंगको समन्वयमा काम गर्न पनि निरीक्षक पोखरेलले सहभागीलाई अनुरोध गरे ।

कार्यक्रममा स्वास्थ्य संस्थाहरुमा सेवाको अभिलेखिकरण गर्ने तथा सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक अन्य विषयमा समेत सहभागीका बीचमा छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer