
तानसेन। पाल्पामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यायल पाल्पाले दिएको जानकारी अनुसार थपिएका संक्रमित मध्ये रैनादेवी छहराका ९ जना, पूर्वखोलाका १ जना, रम्भाका ६ र बगनासकाली गाउँपालिका भित्रका ७ जना रहेका छन् ।
यस्तै तिनाउमा १, रिब्दीकोटमा ३ जना, रामपुरमा २ जना र तानसेन नगर र अस्पतालमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।
७४ जनाको एन्टिजेन र पीसिआर विधिबाट गरिएको परीक्षणमा थप ५५ जना नयाँ संक्रमित थपिएको र हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १७७ पुगेको सूचना अधिकारी पोखरेलले बताए ।
संक्रमितमध्ये अधिकांशको स्वास्थ्य अवस्था सामान्य रहेको भए पनि केही संक्रमित अस्पताको आइसोलेशनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।