तानसेन। पाल्पामा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७६ जना पुरुष र ९० जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार पीसिआर विधिबाट ७७ जनाको परीक्षण गर्दा ४७ जना तथा २३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी कृष्णप्रसाद पोखरेलले दिएको जानकारी अनुसार थपिएका मध्ये सबैभन्दा धेरै तानसेन नगरपालिका र अस्पतालका गरी ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै रामपुरमा १४, माथागढीमा ३, पूर्वखोलामा ९, रैनादेवी छहरामा १५ रम्भामा १३, बगनासकालीमा २६, तिनाउमा २ र रिब्दीकोट गाउापालिका भित्रका ६ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितसंगै जल्लामा सक्रिय संक्रमितको संख्या ५०४ पुगेको छ ।  सक्रिय संक्रमितमध्ये ५ जनाको  अस्पतालमा उपचार रहेकाे र  बाँकी ४९९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएके छ ।

तपाईको प्रतिक्रिया