कोरोनाका कारण मतदाता नामावली संकलनको कार्य स्थगित 

तानसेन। जिल्ला प्रशासन कार्यालय पाल्पाले फोटोसहितको मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ ।

नामावली संकलन गर्दा सेवाग्राहीले मास्क खोली फोटो खिच्नुपर्ने, औठा छाप लगाउनु पर्ने जस्ता कार्यमा एउटै किड्स प्रयोग हुने भएकोले मतदाता नामावली संकलन कार्य स्थागन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले दिएको जानकारी अनुसार अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय पाल्पा, जिल्ला निर्वाचन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुरबाट हुदैँ आएको फोटोसहितको मतदाता नामावली संकलन कार्य स्थगित गरिएको हो।

यसैबीच जिल्लामा सक्रिय संक्रमितको संख्या बढ्ने क्रममा रहेको हुँदा शान्ति, सुरक्षा, मुद्दा, विपद् तथा संकट व्यवस्थापन सम्बन्धी सेवा तथा नागरकिता वितरणको कार्य बाहेकका सबै सेवासमेत स्थगन गरिएको प्रजिअ पन्तद्धारा जारी वित्रप्तिमा उललेख छ ।

जिल्लामा अहिले कोरोनाका संक्रमित बढेर ५४४ जना पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको