
तानसेन। राष्ट्रियसभा सदस्य निर्वाचन अन्तरगत लुम्बिनी प्रदेशबाट सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
बुधबार भएको निर्वाचनको मतगणना गर्दा गठबन्धनका उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । विजयी हुनेमा नेपाली काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक बिजयी रहेका छन् ।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार गठबन्धनका उम्मेदवारले ४ हजार ३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारका पक्षमा ३ हजार ३१२ मतभार पुगेको छ।
निर्वाचनमा नेकपा एमालेबाट रामदयाल गुप्ता, भारती उपाध्याय र कृष्णबहादुर बिक पराजित भएका छन् ।