
पाल्पा । पाल्पाका राजनैतिक दलहरुले राष्ट्रिय सभा सदस्यमा निर्वाचित नेकपा एकीकृत समाजवादी राजेन्द्रलक्ष्मी गैरेलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत, समाववादी, राट्रिय जनमोर्चा पाल्पाले सयुक्त रुपमा बधाई तथा शुभकामना व्यक्त गरेका हुन ।
सोही अवसरमा बोल्दै गठबन्धनको तर्फबाट विजयी राष्ट्रियसभा सदस्य गैरेले २०३६ सालदेखि इमान्दार तरिकाले राजनीति गरिरहेको योद्धालाई नेकपा एमालेले सम्हाल्न नसकेको बताइन ।
पाँच दलीय गठबन्धनद्धारा आयोजित बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरेले संवेदनशील समयमा पाल्पाले नेतृत्व पाएको जनताको पक्षमा काम गर्नुपर्ने बताए । नेपाली कांग्रेसका सभापति हिमालदत्त श्रेष्टले गठबन्धन टिकाउने हो भने तल्लो तहबाटै क्रमगत रुपमा निर्णय गर्नुपर्ने भन्दै माथिल्लो तहबाट निर्णय लाद्ने काम स्वीकार्य नहुने बताए ।
नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व सांसद यादवबहादुर रायमाझीले बाहिरी राजनीतिमा र संसदमा भित्र छिरिसकेपछि हुने राजनीति फरक रहने भन्दै अनुशासन पूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसका महासमिति सदस्य विधान श्रेष्ठले राजनीतिमा थकान भन्ने शब्द नहुने भन्दै विचार र मुद्दा मिल्दासम्म गठबन्धनले नै देशको निकास दिने बताए ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीले एक पटकको कामले सधैँभरी प्रतिगमन नभईरहने भन्दै गर्दै जाने कामले त्यसको मुल्यांकन गर्ने बताए ।