तानसेन । पाल्पामा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थय कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पीसिआर र एन्टिजेन विधिबाट गरिएको २७ पुरुष तथा ४१ जना महिला गरी थप ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएकामा माथागढी र बगनासकालीका ४ ।४, रामपुरका ३, पूर्वखोला र रैनादेवी छहराका २।२, रम्भाका ५, जना तिनाउ र रिब्दीकोटका १।१ र सबैभन्दा धेरै तानसेन नगरभित्रका ४६ जना रहेका छन् ।

यो तथ्यांक गएको २४ घण्टामा ११६ जनाको पीसीआर र एनटिजेन विधिबाट गरिएको परीक्षणका क्रममा आएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी कृष्ण पोखरेलले जानकारी दिए ।

थपिएका संक्रमितसंगै हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ७७८ पुगेको छ । यस्तै सोही अवधीमा थप ५६ जना भने संक्रमणमुक्त भएको स्वास्थय कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया