
तानसेन । पाल्पामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको बगनासकाली गाउँपालिका वडा नं. १, चिर्तुङ्धाराको घोरबन्दाकी ४० वर्षीया शोभा महर्जन भट्टराई आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पामा सूचना अधिकारी लक्ष्मण पचभैंयाले दिएको जानकारी अनुसार मृतक भट्टराई र रउनका श्रीमान संचालन गर्दै आएको घोरबन्दास्थित पिस पोइन्ट होटलमा बिहीबार बिहान साढे १० बजे उनी मृत फेला परेकी हुन् ।
\
बुधबार बेलुकी खाना खाएर राम्रोसँग आफ्नै कोठामा सुतेकी उनी बिहीबार बिहान ढोका नखोलेको र छोराले बोलाउदा समेत नबोलेपछि ढोका फोडी हेर्दा मृत भेटिएको प्रहरीले जनाएको छ ।
मृतकको श्रीमान् विशाल भट्टराई भने कामको शिलशिलामा तीन दिनअघि बुटवल गएको र हाल फर्किएको प्रहरीले जनाएको छ ।