तानसेन। पाल्पाका कृष्णबहादुर कार्की नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जिल्लाको रिब्दिकोट गाउँपालिका वडा नं. ७ स्थित डबकाका कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतका लागि परेका आवेदनमध्ये दोस्रो चरणमा ३ जना छनोट भएका थिए। कार्कीसहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भन्डारी छनोटमा परेका थिए ।
पहिलो चरणमा छनोटमा परेका ५ जनामध्येबाट सिफारिस समितिले तीन जनालाई छनोट गरेको थियो ।
श्रीमतीका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्व सीईओ चन्द्रसिंह साउदले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघि राजीनामा दिएका थिए ।
त्यसपछि खाली पदमा काकीलाई नियुक्ति दिइएको मन्त्री परिषद्को बैठकले जनाएको छ ।