पाल्पा । चौरासी पुजा लाग्ने खर्च नगरी विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । पाल्पा जिल्लाको रैनादेवी छहरा–५, मुझुङ्गस्थित कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।

रैनादेवी छहरा–५, मुझुङ्गका नारायण बहादुर रायमाझीले बुबा चित्र बहादुर रायमाझीको चौरासी पुजा नगरी सो वापत रकम एक लाख ५१ हजार रुपैयाँ अक्षकोष स्थापना गरिएको विद्यालयले जनाएको छ ।

कालिका माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थी सहयोग गर्न बुबा चित्र बहादुर रायमाझी र स्वर्गीय आमा बोध कुमारी रायमाझीको नाममा अक्षयकोष स्थापना भएको विद्यालयका प्राधनाध्यापक श्रमण अर्घालीले बताए ।

यसैबीच रुपन्देहीको बुटबल उपमहानगरपालिका ६ अस्पताल लाईनका हर्क बहादुर कार्की र श्रीमति मिना कुमारी कार्कीले स्वर्गीय बुबा ललित बहादुर कार्की र आमा जानु कुमारी कार्की नाममा एक लाख एक हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन ।

कालिका माध्यमिक विद्यालय मुझुङ्गमा अक्षकोषले कक्षा १ देखि १० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग प्रदान गर्ने प्रअ अर्घालीले बताए । विद्यालयको निर्माणधिन चार कोठे भवनका लासि ११ हजार १ सय ५५ रुपैयाँ हर्क बहादुरले सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया