
तानसेन। पश्चिम पाल्पाको रैनादेवी छहरा वडा नं. ८ को क्युरेछेडामा एक महिला मृत फेला परेकी छन् ।
सोही गाउँपालिकाको वडा नं. ७ गहतेकी ३३ वर्षीया भवी रेश्मी मृत फेला परेको प्रहरीले जनाएको छ । आइतबार बिहान स्थानीय क्युरेछेडा सामुदायिक वनमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।