
तानसेन।पाल्पामा मोटरसाइकल चारी गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पूर्वखोला गाउँपालिका वडा नं. ४ का २२ वर्षीय अनिल परियार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले दिएको जानकारी अनुसार सिद्धार्थ रागमार्ग अन्तरगत चर्चरेमा पार्किङ्ग गरी राखेको लु३३ प ३८३८ नम्बरको मोटरसाइकल चारी गरेको आरोपमा परियारलाई पक्राउ गरिएको हो ।
निजले गत शुक्रबार मोटरसाइकल चोरी गरी भागेपछि प्रहरी चौकी प्रभासले खोजी गरी मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको थियो ।
निजलाई चोरी मुद्दामा ७ दिनको म्याद थप गरि अदालत चलान गरिएको पनि सूचना अधिकारी त्वातीले बताए ।