
तानसेन। पाल्पामा राष्ट्रिय सेवा दलले कोरोना संक्रमण न्यूनिकरणका लागि सचेतना कार्यक्रम गरेको छ ।
दलले नेपाली सेनाको पाल्पास्थित गोरखदल गणसंगको समन्वयमा जिल्ला सदरमुकाम तानसेन विभिन्न चोकहरुमा सचेतना रर्याली संचालन गरेको हो ।
पछिल्लो समय संक्रमण बढे पनि जनस्वास्थ्यका मापदण्डको पालनामा नागरिकले बेवास्ता गरेको हुँदा जनचेतना फैलाउन सचेतना र्याली गरिएको राष्ट्रिय सेवा दलको पाल्पास्थित कार्यसमिति अध्यक्ष मिलन पराजुलीले बताए ।
समुदाय स्तरमा संक्रमण बढेको बेला धेरै मानिसहरुले मास्क नलगाउने, लगाए पनि भीडभाडमा पुग्दा खोल्ने जस्ता कार्य गरेको हुँदा गोरखदल गण, विद्यालय, स्थानीय निकाय र व्यक्तिगत रुपमा समेत रकम संकलन गरेर पम्प्लेट टास्ने कार्य समेत गरेको राष्ट्रिय सेवा दलले जनाएको छ ।
यो समूहले गत वर्ष पनि कोरोना संक्रमण बढेको समयमा सामाजिक सञ्जालमा सन्देश प्रवाह गर्ने तथा स्थानीय स्तरमा फेस शिल्ड वितरण र सचेतनाका कार्यहरु गर्दै आएको थियो । यसका अलवा विभिन्न सार्वजनिक महत्वका स्थलको सरसफइमा समेत यो समूह सक्रिय हुँदै आएको छ ।
पाल्पाका विभिन्न विद्यालयका विद्यार्थी संगठित रहेको यो संस्थामा दुईसयबढी सक्रिय सदस्य रहेको र १७ जनाको कार्य समिति रहेको छ ।