पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा प्राविधिक कर्मचारीको मृत्यु

तानसेन। पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्राविधिक कर्मचारीको मृत्यु भएको छ ।

आज दिउसो रम्भा गाउँपालिका वडा नं. २ सुरुङडाँडास्थित हुँगीबाट ताहुँतर्फ आउदै गरेको लु ६७ प ४७८५ नम्बरके मोटरसाइकल दुर्घटना हुँदा रम्भा गाउँपालिकाको प्राविधिक पदमा कार्यरत रूकुमको भुमे गाउँपालिका वडा नं. ४ का २३ वर्षीय रवीन दमैको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले दिएको जानकारी अनुसार मोटरसाइकल आफै अनियन्त्रित भई सडकदेखि दुई सय मिटर तल खसेपछि दमैंको द्धटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमा ताहुँ प्रहरी चौकी र जिल्लाबाट समेत टोली खटिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । दमै भुकम्प सम्बन्धी प्राविधिक कर्मचारीको रुपमा कार्यरत रहेका थिए ।

तपाईको प्रतिक्रिया