तानसेन । मर्मतका लागि तानसेन–रिडी सडक खण्ड आजदेखि बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाले जोर्ते क्षेत्रको चट्टान काट्नका लागि दैनिक साढे छ घण्टाका दरले सडक बन्द गरेको हो ।
सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले दिएको जानकारी अनुसार रिब्दीकोट गाउँपालिकावडा नं. २ जोर्ते भीर क्षेत्रको कडा चट्टान काट्नका लागि हरेक दिन बेलुका नौं बजेदेखि बिहान साढे ३ बजेसम्म सम्पूर्ण सवारी आवागमनमा रोक लगाइएको हो ।
सो क्षेत्रमा यसअघि पनि दुई पटक सवारी रोकेर चट्टान काट्ने काम भएको थियो ।
जोर्ते क्षेत्रमा साघुँरो सडक र सडकमा रहेका ढुंगाको समेत यही अवधिमा व्यवस्थापन गरेर नियमित सवारी संचालनका लागि रातिको समयमा काम सम्पन्न गर्ने योजना रहेको डिभिजन प्रमुख लमसालले जानकारी दिए ।



