पाल्पा ।पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर एक जना बालक सहित दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको तिनाउ गाउँपालिका–२, खुलखुलेका २० वर्षका सुरज सुनार र सुरजका भाइ १४ वर्षका राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार बेलुकी ७ बजेतिर तिनाउ–२, स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।
स्थानीय तिनाउ–१, बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।