
पाल्पा । धवल पुस्तकालयको आयोजनामा पाल्पाका दुई साहित्यकार सम्मानित भएका छन् ।
पाल्पा पूर्वखोला ३ रिङ्नेरह निवासी नीलकण्ठ न्यौपाने र तानसेन ३ निवासी निर्मल श्रेष्ठलाई २०७७ सालको धवल पुरस्कार प्रदान गरिएको छ ।
धवल पुस्तकालयको पुस्तक पढ्ने दलानमा आयोजित समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ बुँद राना र धवल पुस्तकालय सञ्चालक समितिका अध्यक्ष युवराज पौड्यालले न्यौपाने र श्रेष्ठलाई धवल पुरस्कार प्रदान गर्नुभएको हो ।
वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपानेलाई साहित्य, कला र पुर्वीय वाङमयका क्षेत्रमा दीर्घ साधना गरेवापत र निर्मल श्रेष्ठलाई सांस्कृतिक नगर तानसेन कृतिका लागि २०७७ सालको धवल पुरस्कार प्रदान गरिएको छ ।
दुबै पुरस्कारको राशी २५ हजार रूपैयाँ नगद र प्रमाणपत्र रहेको पुस्तकालयका महासचिव राजेश कुमार अर्यालले बताए ।