पाल्पा । राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं भन्ने नाराका साथ पाल्पाका राजनैतिक दलहरुले संयुक्त विरोध रयाली निकालेका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, नेकपा (क्रान्तिकारी माओबादी) संयुक्त रुपमा आयोजना गरिएकोे रयालीले टुडिखेलबाट नारायणस्थान, शितलपार्टी हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा गरेका थियो ।
कोणसभालाई सम्वोधन गर्दै नेकपा माओवजादी केन्द्रका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरेले एमसीसी नेपाल र नेपाली जनताको हितमा नभएकोले खारेज गर्नुपर्ने बताए ।
नेकपा एकीकृत समाजवादीका सचिव मोहन गैरे, नेकपा विप्लवका जिल्ला इन्चार्ज विन्दु उपाध्यक्ष लगायतले एमसीसी सम्झौता नेपाल र नेपाली जनताको जनभावना विरोधी गरेकोले तत्काल खारेज गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र पाल्पाकी नेता तुल्सा राना र राष्ट्रिय जनमोर्चा नेपाल पाल्पाका अध्यक्ष विशाल दर्लामीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको अखिल क्रान्तिकारी केन्द्रीय सदस्य पदम सोमैले बताए ।