दारी ग्याङ पाल्पाले गर्यो विपन्न परिवारलाई सहयोग

तानसेन। दारी ग्याङ पाल्पाले विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।

ग्याङले तानसेन नगरपालिका वडा नं. ३ बसन्तपुरका ५० वर्षीय सरोज जङ राणाको परिवारलाई खाद्य सामग्री प्रदान गरेको हो ।

भिनिन्न सामाजिक काम गर्दै आएको यो संस्थाले ५ हजार बराबरको खाद्य सामग्री सहयोग गरेको जनाएको छ। राणाको परिवारमा रहेका उनकी श्रीमती दुई छोरा र एक छोरी मध्ये एक छोरा पूर्ण रुपमा अपांग रहेको हुँदा खाद्य सहयोग गरिएको ग्याङले जनाएको छ ।

राणा पनि विभिन्न रोगले लामो समयदेखि पीडित रहेको हुँदा सानो सहयोग गरेर सामाजिक उत्तरदायित्व बहन गरेको ग्याङले प्रकास गैरेले बताए । केही दिनअघि मात्रै जिल्लामा संगठन विस्तार गरेको छ ।

तपाईको प्रतिक्रिया