तानसेनमा अचेत अवस्थामा फेला परेका युवकको मृत्यु

तानसेन। तानसेनमा अचेत अवस्थामा फेला परेका युवकको मृत्यु भएको छ ।

आइतबार राति अचेत अवस्थामा भेटिएका तानसेन नगरपालिका १ गैरगाउँका २८ वर्षीय सुदिप अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

तानसेन नगरपालिका वडा नं. ६ बसपार्क नजिकै आन्दोलन चोक तल अधिकारी अचेत अवस्थामा फेला परेका बाटोमा हिड्नेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएसंगै अस्थायी प्रहरी विट बसपार्कले अधिकारीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएकोमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया