
पाल्पा । रम्भा गाउँपालिका- १,असर्दीमा मोेटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
भने मोटरसाइकलमा सवारमा अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पाल्पा जिल्ला रम्भा गाउँपालिका १ असर्दीका मोटरसाइकल १७ वर्षीय सन्दीप न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पाको रम्भा गाउँपालिका १ हुगीमा भएको लु ७ प ५०४३ नम्वरको मोटरसाइकल तीव्र गतिका कारण दुघटनामा न्यौपाने र मोटरसाइकलमा सवारी रामपुर नगरपालिका १० का २५ वर्षीय उमाक्रान्त चापगाई घाइते भएका थिए ।
न्यौपानेको लुम्विनी मेडिकल कलेज प्रभावमा उपचारका क्रममा मृत्यु भएको र अर्का चापागाईको अवस्था सामान्य रहेको छ ।