पाल्पा। साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । विसं २०३२ मा पाल्पामा जन्मिएका पाेखरेलकाे गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो ।
केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै आएका पाल्पालीलाई पछिल्लो समय कोरोना सङ्क्रमणसमेत भएको थियो । केही दिन अस्पतालमा राखेर उपचार गरे पछि घर फर्किएका उनकाे गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
नेपाली साहित्यमा हाइकु, कथा, कविता र गीत लेखनका साथै पाल्पाली पत्रकारितामा पनि सक्रिय रहेका थिए । कानुन व्यवसायीसमेत रहेका पाेखरेल पेराेल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहका थिए । पाल्पालीका एक छोरा, एक छोरी र श्रीमती रहेका छन् ।