पाल्पामा सुन्तला जोन सञ्चालन समन्वय समिति गठन : अध्यक्षमा नित्यानन्द पोखरेल

पाल्पा । पाल्पामा सुन्तला तथा फलफूल जोन अभिमुखीकरण गोष्ठी तथा जोन सञ्चालन समन्वय समिति गठन भएको छ ।

संयोजकमा रैनादेवी छहरा गाउँपालिका-४ का नित्यानन्द पोखरेलको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो ।

सदस्यहरुमा रैनादेवी छहरा गापा- ४ की जानका कोइराला, रैनादेवी छहरा गाउँपालिका -५ का विनोद कार्की रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा रिब्दीकोट गाउँपालिका कृष्ण बहादुर कुँवर, लक्ष्मी थापा, दुर्गा बहादुर गोदार, तानसेन नपा कृष्ण प्रसाद भण्डारी, शोभाखर बस्याल बगनासकाली गाउँपालिका लक्ष्मी कोइराला रहेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना इकाइ पाल्पा जिल्ला समन्वय समिति पाल्पाका कावा प्रमुख मीरा मरासिनीको अध्यक्षताका कार्यक्रम सम्पन्न भएको थियो ।

रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसी, उपाध्यक्ष लक्ष्मी खनाल, सुन्तला जात तथा फलफूल विकास केन्द्रका प्रमुख बसन्त श्रेष्ठले व्यावसायिक सुन्तला खेतीको अवसर रहेकोले मेहनत आवश्यक रहेको बताए ।

कार्यक्रममा परियोजना एकाइका प्रमुख दीपक भट्टराईको सुन्तला तथा फलफूल जोन अभिमुखीकरण गोष्ठी तथा जोन सञ्चालन समन्वय समिति गठन प्रक्रिया सम्वन्धि सहजीकरण गरेका थिए । सो कार्यक्रमको सञ्चालन परियोजना एकाइका गौरव नेपालीले गरेका थिए ।

तपाईको प्रतिक्रिया