एमालेका मान्छेहरु घुस, वदमासी र तस्करीसँग जोडिएका छन् : मेटमणि चौधरी

पाल्पा । नेकपा एकीकृत समाजवादी निकटको युवा संघ नेपाल पाल्पाको प्रशिक्षण भेला तानसेनमा सम्पन्न भएको छ । युवा संघ नेपाल तानसेन नगर कमिटीको आयोजित प्रशिक्षणमा नेकपा एकीकृत समाजवादी पोलिटब्यूरो सदस्य तथा लुम्विनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले नेकपा एमालेबाट विद्रोह गरी बेटर कम्युनिष्ट नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरिएको बताए ।

उनले कुनै बेला नेकपा एमालेलाई लारजेस्ट पार्टी बनाउने चाहना थियो । लारजेस्ट पार्टी पनि बनेपछि नेकपा एमालेका मान्छेहरु घुस, वदमासी र तस्करीसँग जोडिएको आरोप लगाए । उनले नेकपा एमालेका मान्छेहरु सबै भन्दा घुसिया रहेको र माओवादीका अध्यक्ष प्रचण्ड सबै भन्दा बढी सम्पत्ति भएको आरोप लगाए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पोलिटब्यूरो सदस्यले पार्टीलाई बलियो बनाउन एकता र संगठनको आश्वयक भएको बताए । पार्टी प्रणालीमा संगठन प्रमुख पक्ष भएकोले संगठनका माध्यमबाट सफलता हासिल गर्न सकिने बताए । विकास, सामाजिक, शैक्षिक तथा राजनैतिक गतिविधि गर्न युवा पुस्ताको आवश्यक हुने पूर्वमन्त्री पाण्डेयले बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष राज गुरुङ्ग, पाल्पाका सचिव मोहन गैरेले युवा रुपान्तरणको अभियान्ता रुपमा उदाउनुपर्ने बताए ।

कार्यक्रममा युवा संघका केन्द्रीय उपमहासचिव सरिता श्रीसले लाखौं युवाहरु खाडीमा रहेको बताइन । राजनैतिक फोहोरी खेल भनेर युवाहरु राजनीतिबाट बाहिर बस्न नसक्ने बताइन ।

कार्यक्रममा अनेरास्वयुविका केन्द्रीय सचिव शंकर घर्ती, युवा संघ नेपालका केन्द्रीय सदस्य पदम गैरे, युवा संघका जिल्ला अध्यक्ष आशिष श्रेष्ठ लगायतले युवा शक्ति रुपान्तरणको बाहक भएकोले सामाजिक, आर्थिक परिवर्तनका लागि निरन्तर रुपमा अघि बढनुपर्ने धारणा थियो । युवा संघका सञ्जय घलेको अध्यक्षता र करुणा काफलेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer