पाल्पामा अवैध बालुवा चोरी गर्ने चार ट्याक्टर प्रहरी नियन्त्रणमा

तानसेन। पाल्पामा अवैध रुपमा बालुवा चोरी निकासी गर्ने चार वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको रामपुर नगरपालिका वडा नं. २, स्थित निस्दी खोलाबाट मापदण्ड विपरित अवैधानिक रुपमा बालुवा चोरी गर्दै गरेका लु ४ त ८०६७, लु ३ त ४०४२, लु ३ त ६२६० र लु ३ त ९२३२ नम्बरका ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले दिएको जानकारी अनुसार अवैध रुपमा बालुवा लोड गर्दै गर्दा नियन्त्रणमा लिएइका चार ट्याक्टरलाई आवश्यक कारबाहीका लागि रामपुर नगरपालिकामा बुझाइएको छ ।

उक्त क्षेत्रबाट पहिले पनि पटक पटक अबैध रूपमा बालुवा, ढंगा तथा गिट्टी चोरी निकासी हुँदै थियो । खासगरी कालीगण्डकी नदी क्षेत्रबाट अवैध रुपमा हुँदा आएको चोरी निकासीको घटना केही मात्रै बाहिर आए पनि अधिकांश समय चोरी हुने गरेको र यो विषयमा स्थानीय सरकार मौन रहेको गुनासो स्थानीयले गर्दै आएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको