पाल्पामा बाग्लुङका तीन युवा लागु औषत सहित पक्राउ

पाल्पा । पाल्पाका विभिन्न स्थानबाट बाग्लुङका तीन युवालाई लागु औषत सहित प्रहरीले पक्राउ गरेको छ । पाल्पाको तानसेन नगरपालिकाको प्रभाष र रिब्दीकोट गाउँपालिकाको दुम्रीकामा प्रहरीले मोटसाइकल चेक गर्दा मोटरसाइकलमा सवारी युवाबाट लागुऔषत फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाको प्रेस नोटका अनुसार पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्ला कोठेखोला गापा–५, का २० वर्षीय मोहन श्रीस, ताराखोला गापा १ का २१ वर्षीय नितेश घर्ती मगर, नगरपालिका– ३ का २१ वर्षीय सौरव पुन रहेको प्रहरीले जनाएको छ ।

पाल्पाबाट बुटबलतर्फ जादै गरेको ध २ प ३६९४ नम्बरको मोटरसाइकल चेक गर्दा मोटरसाइकलको पछाडि सवारीमा श्रीससँग लागुऔषत भेटिएको थियो ।

प्रहरीले श्रीसको साथबाट नुफ्रिन ३, एम्पुलडाईजेपाम २, पे्रथोजिम ३ एम्पुल, प्रयोग गरेको याईजेपाम १ थान, सिरिन्ज थान २ फेला पारी मोटरसाइकल चालक घर्ती मगर सहित दुबै जनालाई नियन्त्रणमा लिएको सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए ।

यसैबीच पाल्पाको तानसेनबाट सर्देवा जानेक्रममा रिब्दीकोट गाउँपालिकाको दुम्रीकास्थित ध १ प १०४९ नम्वरको मोटरसाइकल चेक्र गर्दा पुनसँग डाईजेपाम २२, नुफ्रिन २०, पे्रथोजिम २२ गरी ६४ एम्पुल फेला पारेको प्रहरीले जनाएको हो ।

तपाईको प्रतिक्रिया