तानसेन । पाल्पामा महिलालाई व्यावसायिक बनाउन बाख्रा पालन सम्बन्धि तालिम दिइएको छ ।

इन्फिनिटी लघुवित्त वित्तिय संस्थाको बर्तुङ्ग शाखाले जिल्लाभरका ३५ वटा समूहक महिलाका लागि एक दिने तालिम दिएको हो ।

तालिमको उद्घाटन गर्दै तानसेन नगरपालिकाकी उप्रमुख लक्ष्मीदेवी पाठकले तालिमले महिलाहरुलाई व्यवसायिक बन्न सहज हुने बताउइन् ।उनले महिलाहरु पुरुषप्रति निर्भर रहनुपर्ने बाध्यताको अन्यका लागि व्यवसायिक बन्न र आत्मनिर्भर हुन तालिमले सहयोग पुग्ने बतइन।

समूहका केन्द्र प्रमुख तथा सदस्यहरु गरी ४० जना बढी सहभागी रहेको तालिममा संस्थाका जेटिए कृष्ण प्रसाद पौडेलले सहजीकरण गरेका थिए ।

तालिममा खोर व्यवस्थापन, विभिन्न रोगहरुबाट बाख्रालाई कसरी बचाउने, खसीको हेरचाह गर्ने विधि, आवश्यक पर्ने आहारा के के हुनलगायतका विषयमा पौडेलले सहभागीलाई जानकारी दिएका थिए ।

तालिममा शाखा प्रमुख जमुना देवी सार्कीले पछिल्लो समय ऋण लिएर व्यावसायिक बन्न छाडेको समयमा तालिमले महिला उद्यमशिलतामा समेत विकास पुग्ने विश्वास गरेको बताइन् ।

तपाईको प्रतिक्रिया