पाल्पाको पहिचानसंग जोडिएको ‘पाल्पाली ढाका’ गीतको विमोचन

तानसेन। लोक गायक तथा संकलक पुरुषोत्तम गैरेको पाल्पाली ढाका नामक गीतको आइतबार तानसेनमा विमोचन भएको छ ।

विशेष गरि पाल्पा जिल्ला भित्र रहेका विभिन्न पर्यटकीय क्षेत्रलाई समेटेर रचिएको गीतको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले विमोचन गरेका हुन् ।

गीतको विमोचन गर्दै नगर प्रमुख शाहीले गीतमार्फत सम्रग जिल्लाको पहिचान र भाव व्यक्त भएको भन्दै शर्जक गैरेलाई धन्यवाद दिए।

सोही अवसरमा पाल्पा उद्योग वाणिजय संघका अध्यक्ष राजुमान मर्हजनले गीत संगीतको माध्यमबाट पाल्पाको पर्यटन विकासमा टेवा पुग्ने बताए ।

कार्यक्रम मा पत्रकार महासघ पाल्पा का सचिव यज्ञमुर्ती तिमिल्सेना पालपाली ढाका संघका संयोजक सागरमान महर्जन लागायतले जिल्लाको भूगोल र महत्व झल्किने गीत रचना गरेकोमा गैरेलाइ धन्यवाद दिएका दिए ।

उक्त गीतमा गैरेसंगै चर्चित गायक नारायण रायमाझी र सेमन्तमणी खरालले स्वर दिएका छन् भने महिला आवाजमा जमुना राना, कमला पोखरेल र धनमाया दिसुवाको स्वर रहेको छ।

सन्तोष बस्यालको छायांकन र दीपक विष्टको सम्पादनमा निर्माण भएको गीतको भिडियो गैरे स्वयमले निर्देशन गरेका हुन् । गीतको भिडियो पनि गैरै स्वयमकै युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस पाल्पाली ढाका गीत

तपाईको प्रतिक्रिया