तानसेन । बगनासकाली पत्रकार समूहले क्षमता विकास तथा अन्तरक्रियात्मक गोष्ठी सुरु गरेको ।

समूहभित्रका सदस्यहरुको क्षमता वृद्धि गर्नका लागि तानसेनस्थित सित्तल फर्ममा दुई दिने गोष्ठी सुरु भएको हो ।

पत्रकार समूहको आयोजना तथा बगनासकाली गाउँपालिकाको सहयोगमा गोष्ठी सुरु भएको समूहले जनाएको छ । गोष्ठीमा समूहका २० जनाबढी सदस्यहरु सहभागी रहेका छन् ।

गोष्ठीमा समाचार लेखन, फिचर लेखन, रेडियो र अनलाइन पत्रकारिता र सूचना प्रविधिको प्रयोग सम्बन्धि अन्तरक्रिया गरिएको हो ।

अन्र्तक्रियामा नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराई,  समूहका सल्लाहकार कमलराज तिमिल्सेना, पत्रकार देव पचभैया र पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ती तिमिल्सेनाले सहजिकरण गरेका थिए ।

अन्तरक्रिया कार्यक्रम समूहका अध्यक्ष दिपक ढुङ्गानाको अध्यक्षता र सचिव विष्णु घिमिरेको संचालनमा भएको हो ।

तपाईको प्रतिक्रिया